Pages

Saturday, July 18, 2009

पेन्सन पहल नभए निर्णायक आन्दोलन !


काठमाडौं । भू पू कल्याणकारी संघ एस एफ एफ का तर्फबाट एक वार्ता टोलीले भारतीय राजदूतावासमा वरिष्ठ कर्मचारीसँग भेटघाट गरेको छ । डि सी एमको कार्यालयमा भएको भेटघाटमा पेन्सन माग सम्बन्धमा छलफल भएको संघले जनाएको छ ।

सो छलफलबाट पेन्सनका बारेमा कुनै जवाफ नआएको बताउँदै संघका अध्यक्ष रामबहादुर कार्कीले भने । वार्ताबाट कुनै निष्कर्ष आएन । मौखिक जवाफ आश्वासन मात्र भयो । यसैलै दुई महिनाको समय दिँदै संघले आज भारत सरकारलाई सम्बोधन गर्दे यहाँस्थित भारतीय दूतावासमा एक पत्र बुझाएको छ । पत्र समावेश गरिएको छ ।

वार्ताटोली अध्यक्षमा राम बहादुर कार्की वार्ता संयोजकमा नरेन्द्र सिग्देल र गण्डकी अाचलका सभापति भीम बहादुर बाटाजु लगायत प्रेम बहादुर थापा कृष्ण बहादुर श्रेष्ठ र गंगा प्रसाद श्रेष्ठ रहनुभएको थियो । पेन्सनको कुनै पहल नभएका निर्णायक आन्दोलनमा उत्रिने बताउँदै संघका वार्ता टोलीले यसो भन्छन् ।

वार्ता टोलीका अध्यक्ष रामबहादुर कार्की - बैठकबाट पेन्सनका लागि कुनै पहल गरिएको कुरा उठेन यसै कारण पनि हामीले फेरि केही समय सिमा तोकेर भारत सरकारका नाममा पत्र बुझाएका हौं यो समयभित्र अब पनि कुनै पहल नगरिएकामा हाम्रो अन्तिम बाटो नै आन्दोलन हो

वार्ता संयोजक नरेन्द्र सिग्देल - पेन्सनको लिखित फैसला नभएसम्म हाम्रो आन्दोलन जारी रहनेछ मौखिक जवाफ सधै सकारात्मक रहेको उतरले केही हुँदैन अहिले पनि हाम्रो माग सम्बन्धमा सकारात्मक भएको दूतावासले बताएको तर यसको प्रतिकि्रया लिखित चाहन्छौ

गण्डकी अाचलका सभापति भीम बहादुर बाटाजु - भू पू सैनिकले पेन्सन पहलका लागि आमरण अनशन धर्ना लगायत निकै आन्दोलन गरिसकेका छौं यद्धपी सम्बन्धित निकायले आलटाल गरेको कुनै पहल गरेको छैन यही भएकोले यो निर्णायक आन्दोलनका लागि पनि हामी तयारी छौ नियमावली संशोधन गरेर हाम्रो पेन्सन माग पुर्ति गरियोस् हामी चाहन्छौ की अहिले बुझाएको पत्र नै अन्तिम बनोस्