Pages

Monday, October 13, 2008

कतारमा करिमुद्धिनको कथा


कोशी, कतार र करिमुद्धिन


सुविन श्रेष्ठ

उता कोशीको कोध्रले हजारौलाई बिस्थापित पारे । घरखेत बगाए । घर न घाटको स्थितीमा ल्याए । धन्न यता मानवता भएका मान्छेहरुका केही समुहले सहयोग जुटाउने उठाउने र पठाउने सराहनीय कार्य समेत गरे । बेफसु्रदीहरु सहयोगी भएर हात बढाईरहेका छन् । तर कथा कोशीतिरको मात्र होईन । त्यो भन्दा बढी प्रभावित यता पनि छन् । जो पलपल जलिरहेका छन् । रातभर सुत्न सकेका छैनन् । त्यो हो कतार भित्रको एक मान्छे करिमुद्धिन ।
कोशीको उग्रताले गाउँ छोपेपछि आफुले कमाएका सबै चलअचल पनि त्यही कोशीको अंगालोका मिसियो । त्यो पीडालाई मनमा राखेर केही खर्च घरमा पठाउन आएको बेला भेटिएका करिमुद्दिन सारै हारेका थिए । भीडमा उदाशी अनुहार स्पस्टै चिनिन सकिन्थ्यो । दशैं खर्च हो कि कसो व्यक्तिगत नजिकता बढाएर सोधेको प्रश्नमा कुनै जवाफ पाईएन । पीडाको भारले जवरदस्ती पििल्सएका करिमुद्धिन केही बोल्न सकिरहेका थिएन । मात्र घरतिरको सम्झनामा व्याकुल बनिरहेका थिए । सम्बादको क्रममा निकैपटक आँखा भिजाए । त्यो परिवेशमा म पनि निष्क्रिय र स्थीर बनिरहेको थिए । कोशीसँग दर्जनौ भन्दा बढी गुनासो बुझाएर एक्लै छटपटाएका करिमुद्धिनसँग सम्झिने र सम्झाउन सक्ने आँट मसँग पनि थिएन । अब यतिखेर करिमुद्धिन स्वदेश फर्किन मानिरहेको थिएन । फर्किएर के गर्नु कोशीले केही बाँकी राखेन । उनले आँखालाई सम्हाल्दै भने । न घर न खेत कहाँ गएर बस्नु ?यो बेला स्वरसम्राट नारायण गोपालको एक गीत मनमा चिसो रागमा गुिाजयो ।

लौ सुन म भन्छु मेरो राम कहानी ।

एक दिनको घाम सयौ दिनको पानी ॥


दोहा/कतार

No comments: