Pages

Tuesday, February 24, 2009

पशुपति यात्रा, सडक जात्रा र चोर मार्ग

पशुपतिनाथ उसैपनि चर्चामा आईरहन्छन् । कहिले भेटी विवाद कहिले भने पुजारी नियुक्तीको कुरा । पशुपतिनाथले जे भएपनि जे गरेपनि सहेका छन् । आज त्यही चरणलाई बिस्रेर लाखौ दर्शनार्थीहरु मध्यरात देखि ओइरिए पशुपतिको दैलौ टेक्न ।
भीड पनि कति जुलुशका भन्दा चौबर । पशुपति क्षेत्र प्रवेशको चारै नाकामा विशाल सुरक्षा । फेरि मुल सडकतिर मान्छेका व्यापक चहलपहल । तीनकुने बतीसपुतली अनि ज्ञानेश्वरबाट दर्शनार्थीहरु पैदलमा पशुपतिनाथ पुगेका थिए । पशुपति विकास कोषले गरेको प्रवेश व्यवस्था राम्रो थियो । तर यता ती सहज मार्ग छोडेर चोरमार्ग वा असहज मार्गबाट हजारौ दर्शनार्थीहरु पशुपति सम्मुख पुगेका थिए । यता प्रहरी र स्काउटका आँखा छलेर पनि पशुपतिनाथ सम्म पुगे । आखिर लामबद्ध हुदाँ रातै पर्ला । भरतपुर चितवनबाट आउनुभएकी राधा बाँनियाले भन्नुभयो । आज सकिन्न टाढैबाट दर्शन गरेर फर्किन्छु । पशुपति पुग्नका लागि राजधानीको शहिद गेट र रत्नपार्कमा गाडीको अभाव थियो । त्यसमा फेरि यातायातका चालकहरुले शुल्क आफै तोकिरहेका थिए । तरपनि पैसाको चिन्ता नगरी उनीहरु पशुपति पुग्नका लागि हतारिएका थिए । गाडी पनि ज्ञानेश्वर भन्दा उता जान दिइएको थिएन ।
चारैतर्फको यस्तो सुरक्षा व्यवस्थाले सम्भावित यातायात जामलाई घटाएको थियो भने अर्का तर्फ दर्शनार्थीहरु पैदल हिड्नुपर्ने बाध्यता भयो । पैदलको थकान नमार्दे फेरि घण्टौ लाईनमा बस्नुपर्ने परिस्थितीमा पनि भक्तजनहरु थकित देखिएका थिएनन् । पैदलपनि सहज थिएन पुरै सडकमार्ग बजार बनेको थियो । त्यसमा लाईन बस्नेहरुका लागि र फर्कि्रएकाहरुलाई निकै सताएको थियो । गौशाला चोक पुरै मानव भेलले ढाकेको थियो । मध्यभागमा रहेको ट्राफिक पोस्टमा दर्शकहरु विश्राम गरिरहेका थिए । अरुबेला उस्तै यो दिन भने एकदिने नियुक्तीमा सबै राजीखुशी बसेको अनुभव पाईन्थ्यो । जयबागेश्वरी मार्ग बिचैैमा व्यापार अपार बनेको थियो । त्यस्तै सिनामंगल मार्ग पुरै अस्तव्यस्त थियो । एकअर्कामा स्पर्श नभई हिड्न मुश्किल थियो ।
पशुपतिमा लागेको सो बिशाल माहौलको दृश्य एकदम रमाईलो थियो । सुरक्षा व्यवस्था आपतकालीन सुरक्षाका लागि रेडक्रस धैरै स्थानमा पानी र नास्ता व्यवस्थाले दर्शनार्थीहरु खुशी देखिन्थे । प्रवेशका लागि कडारुपमा खटिएका स्काउटले राम्रंै काम गरेका थिए । यता फेरि छालाका जुक्ता निषेध गरिएता पनि त्यही स्थानबाट केही प्रहरीहरु प्रवेश गरे ।
शिवरात्रीको यो माहौल साचारमाध्यमका लागि पनि गजब बनेको थियो । नयाँ दृश्यहरु खिच्न अनि दर्शक र पाठक सामु पस्किनका लागि पत्रकारहरुका आँखा चारैतिर डुलाईरहेका थिए । हिमालका मीनरत्न बज्राचार्य र कान्तिपुरका श्रुति श्रेष्ठ दृश्य उतार्ने निकैपटक आहोरदोहर गरेका थिए । पशुपति दर्शनका लागि बसेका भीडमा चोरमार्गबाट आएका मिसिएर पनि दर्शन गर्ने सफल भए । तर ज्यादा संख्यामा यो बढेपछि वागमती नदीको मध्यभागमा प्रहरी खटेर फर्काइयो । पवित्र वागमतीको जलबाट मुख धोएर पशुपतिको दर्शन औलाले गन्न सक्ने जतिले मात्र गरे । दुर्गन्धले मन नमानेको भन्दै दर्शनार्थीहरु यसबाट दुर-दुर रहे । भारतबाट आएका एक भक्तजनले घण्टौसम्म नदीभित्र रहेर प्रार्थना गरिरहँदा नेपाली दर्शनार्थीहरुका लागि हाँस्यपद दृश्य बनेको थियो । एक जना दर्शन गरेर फर्किएकाले सो दृश्य हेर्दे थुकेका थिए । किन थुक्नुभएको मैलै प्रश्न गर्दा नाक छोप्दै दुर्गन्ध आएको भन्दै पुल छेऊबाट अलप भईन ।
यत्रो बिशाल नेपाली दर्शनार्थी भरिएको आजको पशुपतिनाथ परिसर तीन/चार समुहमा मात्र विदेशी पाहुना देखिए । एक जोडी भने बिचैबाट लामबद्ध भएर बसे तर घण्टौ लाईनबाट अघि बढेका ती जोडी बिचैबाट निकालिए । अनि उनीहरु स्वतन्त्ररुपमा श्लेमान्तन बनतिर अघि बढे । यता लाईनमा युवाहरुको संख्या ज्यादै कम थियो । कारण उनीहरुको जमघट भने बाबाको बसाँईतिर थियो । जहाँ बसेर नेपाली १० रुपैयाँमा मनलाई स्वर्ग पुर्याउने बुटीपान गर्दे थिए । वरिपरि मन व्याकूल बनाउने धुँवाको बादल बनेको थियो ।
पशुपतिनाथको शिवरात्री दर्शनयात्रा यस्तैै माहौल रहन्छ हरसाल । अर्काे दृश्यमा नाङ्गाबाबा पनि आउँन्छन् । आफुलाई नागाल्याडबाट आएको भन्ने यस्ता बाबाहरु हरसाल चर्चित दृश्य दिने गरेका छन् । आज त्यही माहौलमा सयौ युवाहरुले बाबाको वरिपरि रहेर सो दृश्य ग्रहण गरे ।
सो दृश्यलाई भिडियोमा उतार्ने व्यस्त भईरहँदा मेरो मोबाईल चोरी भयो । यो चिन्ताजनक बन्यो किनकी त्यसमा सयौ मित्रहरुका सम्पर्क नम्बर अनि दर्जनौ महत्वपुर्ण रेर्कडहरु थिए । अर्काे एक पाटो भने उज्यालो भयो किनकी मैलै त्यत्रो भीडमा एकाग्र भएर काम गर्ने सिकिसकेको थिएँ । अनि मेरो अर्काे उद्देश्य चाहि यहाँको देश खबर विश्वमा फैलाउनु थियो । जहाँ मेरा हजारौ मित्र बनिसकेका छन् ।
यस्तै दृश्यहरुमा देशको शिवरात्री सकिएको छ । दिनभर गाईएको शिव महिमाका गीतहरु बन्द हुन थालेका छन् । मलाई के पनि लागेको छ भने विविध कारण र विवादले पशुपतिनाथ घेरिएपनि आज लाखौले पुजेपछि ती चोटहरु हराए होलान् ।
जय बाबा पशुपतिनाथ । तँपाईले सबैको कल्याणका लागि आँखा खोल्नु पर्यो !

No comments: